बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँस्कोटाको बचाउ गरेका ओलीले भने– केक खाएको देखिसहेनन् पत्रकारले

बाँस्कोटाको बचाउ गरेका ओलीले भने– केक खाएको देखिसहेनन् पत्रकारले

प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन्।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन्। बिहीबार नेकपाले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बाहिरिएको अडियो बाँस्कोटाकै हो भन्ने प्रमाणित नभएको बताए।

स्वीस दूतावासले पनि यसबारे स्पष्ट पारिसकेको बताउँदै उनले भने, 'कम्पनीका एजेन्ट भनिएका ती व्यक्तिलाई स्वीस दूतावासले एजेन्ट होइन भनेर विज्ञप्तिसमेत निकालिसकेको छ। बाँस्कोटालेसमेत त्यो आफ्नो अडियो नभएको बताएका छन्। नाम जोडिएकाले उनले नैतिकताको आधारमा राजीनामा गरे। भ्रष्टाचार गरेको प्रमाणित भएको जस्तो गरी प्रचार भयो।'

प्रधानमन्त्री ओलीले घुस मागेको, खाएको भए सबै कारबाहीको भागीदार बन्नुपर्ने बताउँदै भने,'पार्टी र सरकारलाई बद्नाम गर्न, नेताहरुको चरित्र हत्या गर्न संगठित प्रयास भइरहेको छ। सत्यता छ भने कारबाही हुन्छ। सत्यता छैन भने झुटो बोल्नेलाई सजाय हुन्छ। मैले भनेको छु, भ्रष्टाचार भेटियो भने देखियो भने अनुहार नहेरी कारबाही गर्छु, ऐया, आत्था कसैले नगर्नुहोला ।'

ओलीले आफ्नो जन्मोत्सवलाई विवादमा ल्याउन खोजिएको आरोप लगाए। उनले तेह्रथुमका जनता घरमा पानी आएको र बिजुली बलेकोमा खुसी मनाइरहँदा पत्रकार दु:खी भएको बताए। उनले भने, 'म धेरै वर्षपछि जन्मथलो गएँ। गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर जाँदा बाजा बजाए, नाचे र उत्सव मनाए, पत्रकार किन दु:खी हुने?'

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनको भात खाएको हिसाब पत्रकारले गरेको भन्दै केकका कुरा निकालेर आफ्नो बदनाम गर्न पत्रकारहरु लागिपरेको बताए। उनले आफ्नो जन्मदिनमा केक लिएर नगएको बताउँदै जनताले नै खुसी भएर केक ल्याएको बताए। ओलीले भने, ‘जनता खुशी भएको देखेर पत्रकार धुरुधुरु रोए। केक खाएको पत्रकारले देखिसहेनन्।’ उनले नाकाबन्दी हुँदा नाकाबन्दी शब्द पनि ननिकालेको कांग्रेसले केकमा राष्ट्रवादी बनेको भन्दै तमासा देखाएको आरोप लगाए।

 

प्रकाशित: Feb 27, 2020| 18:21 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।