बिहीबार, भदौ ४, २०८३

मावि स्कुलका प्रधानाध्यापक ३० हजार घूससहित पक्राउ

नौमुले गाउँपालिका–१ दैलेखकोे भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह ३० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन्।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

सुर्खेत । नौमुले गाउँपालिका–१ दैलेखकोे भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह ३० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले बिहीबार प्राधानाध्यापक सिंह र सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गगनबहादुर बस्नेतलाई पक्राउ गरेको हो।

अख्तियारका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार शिक्षकहरूको चौमासिक तलब तथा दसैँ खर्च निकासा गर्न घूस मागेको भन्ने उजुरीका अख्तियारको टोलीले उनीहरुलाई घूससहित नियन्त्रणमा लिएको हो । एनएमबी बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

प्रकाशित: Feb 27, 2020| 17:18 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।