बिहीबार, वैशाख ३१, २०८३

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास स्थगित

संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविश्यमै हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ। कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै दुबै मुलुकले सैन्य अभ्यास स्थगित गर्ने घोषणा गरेका हुन्।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

सियोल - संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविश्यमै हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ। कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै दुबै मुलुकले सैन्य अभ्यास स्थगित गर्ने घोषणा गरेका हुन्।

National life

कम्बाइन्ड फोर्सेज कमान्ड (संयुक्त सैन्य कमान्ड) ले जारी गरेको पछिल्लो विज्ञप्तिमा कोरियाले कोरोना सङ्क्रमणको स्तर निकै गम्भीर मोडमा पुगेको जानकारी गराएकाले अर्को सूचना प्रकाशन नहुँदासम्म संयुक्त सैन्य अभ्यास स्थगित गर्नु परेको उल्लेख छ।

कोरियाली प्रायःद्वीपमा आणविक अस्त्रको सम्भावित होडबाजीबीच सुरक्षाका लागि दक्षिण कोरियामा हाल संयुक्तराज्य अमेरिकाका करिब २८ हजार ५०० सैन्य तैनाथ छन्। अमेरिका बाहिर कोरियामा सबैभन्दा ठूलो संख्यामा अमेरिकी सेना तैनाथ छ।

यद्यपी उत्तर कोरियासँगको सम्बन्ध सामान्यीकरण गर्ने र आणविक अस्त्र त्याग्न लगाउने प्रयास स्वरुप पछिल्ला केही समयदेखि संयुक्त सैन्य अभ्यासको संख्यामा कटौती गरिएका छन्। उत्तर कोरियाले भने विगत लामो समयदेखि अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै आएको छ।

कोरियाली सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबार अरु ५०० भन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको जनाएको छ। कोरोनाकै कारण कोरियामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ। कोरियामा हालसम्म एक हजार ७७६ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रले जनाएको छ। चीनबाहिर यति ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएको कोरिया नै हो।

प्रकाशित: Feb 27, 2020| 16:20 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।