बिहीबार, वैशाख ३१, २०८३

भारतमा मुस्लिम समुदायमाथि ज्यादती भयो : इमरान खान

पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले हाल भारतमा भड्किएको हिंसात्मक घटनाका बहुसंख्यक पीडितहरु मुस्लिम समुदायका भएको आरोप लगाएका छन्।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

एजेन्सी- पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले हाल भारतमा भड्किएको हिंसात्मक घटनाका बहुसंख्यक पीडितहरु मुस्लिम समुदायका भएको आरोप लगाएका छन्।

National life

उनले यो दंगा मुस्लिम समुदाय लक्षित रहेको भन्दै यस्ता क्रियाकलापतर्फ विश्व समुदायको ध्यान आकृष्ट गरेका छन्।

शृंखलाबद्ध ट्विट गर्दै उनले भनेका छन्, ‘नाजीवादी सोचबाट प्रेरित राष्ट्रिय स्वयं सेवक संघले एउटा अणुअस्त्र सम्पन्न एक अर्बभन्दा धेरै जनसंख्या भएको मुलुकलाई कब्जामा लिएको छ।’

उनले लेखेका छन्, ‘भारत शासित जम्मु–काश्मीर त शुरूआत मात्रै थियो। अब भारतमा रहेका बीस करोड मुस्लिमविरुद्धको कदम हो।’

उनले ट्वीटमा पाकिस्तानमा रहेका हिन्दु वा गैह्र मुस्लिमको सुरक्षा भने आफूले दिने विश्वस्त दिलाएका छन्।

प्रकाशित: Feb 26, 2020| 20:17 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।