बुधबार, चैत ११, २०८२

देशभरका क्याम्पस आजदेखि स्ववियुविहीन

देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन्। आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन्। आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो।

विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को यही फागुन ५ गते बसेको बैठकले आजका लागि तोकिएको स्ववियु निर्वाचन स्थगन गरेको थियो। त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले २०७३ सालमा भएका क्याम्पसका स्ववियु पदाधिकारीको पदावधि आजदेखि सकिएको जानकारी दिए।

“प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन गत वर्ष पनि हुन नसकेर हामीले छ/छ महिना गरी दुई पटक पदावधि बढाएका थियौं”, उनले भने, “तर आज हुने भनिएको निर्वाचन विद्यार्थी सङ्गठनका कारणले हुन नसकेपछि ती निर्वाचित पदाधिकारीको पदावधि सकिएको छ।” विसं २०७३ मा २२ आङ्गिक र २८० सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्यसो त त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ३२ सम्बन्धन प्राप्त क्याम्पसमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन जसका कारण ती क्याम्पसमा पहिल्यैदेखि नै स्ववियु पदाधिकारीविहीन भएका छन्।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ। विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीका कारणले स्ववियु निर्वाचन दश वर्षदेखि हुन नसकेको हो। त्रिविका कावा रेक्टर भुसालले अदालतले नै एक वर्षभन्दा बढी कार्यकाल थप्न नपाउने भनेपछि २०७३ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल यस वर्ष थप्न नसकिने बताए। प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति टपेन्द्र शाहीले क्याम्पसलाई स्ववियुविहीन बनाउन नहुने भन्दै चाँडै विद्यार्थी सङ्गठनको सहमतिमा मिति तोकिनुपर्ने बताए। उनले स्ववियुले आजदेखि आर्थिक कारोवार मात्र गर्न नपाउने भन्दै शैक्षिक कार्यक्रम भने गरिने बताए।

त्रिविका रेक्टर भुसालले विद्यार्थी सङ्गठनबीच सहमति गरेर पुनःनयाँ मिति घोषणा गरिने बताए। “हामीले विद्यार्थी सङ्गठनका कारणले आज हुने भनिएको निर्वाचन गर्न सकेनौं”, उनले भने, “अब चाँडै विद्यार्थी सङ्गठनको सहमतिमा चैत अन्तिम साता हुने गरी निर्वाचन घोषणा गर्दछौं।” उनका अनुसार आगामी चैत अन्तिम साता निर्वाचन गर्नेगरी विद्यार्थी सङ्गठनसँग सहमति गरिनेछ। त्यसअगावै स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा सम्पन्न गर्ने त्रिविको तयारी छ। रासस

प्रकाशित: Feb 26, 2020| 18:54 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्