आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना रोक्न नसकेको भन्दै दक्षिण कोरियाका राष्ट्रपतिलाई महाअभियोग लगाउन माग

कोरोना रोक्न नसकेको भन्दै दक्षिण कोरियाका राष्ट्रपतिलाई महाअभियोग लगाउन माग

दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनविरुद्ध महाअभियोग लगाउन चार लाख हस्ताक्षर संकलन गरिएको छ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

एजेन्सी- दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनविरुद्ध महाअभियोग लगाउन चार लाख हस्ताक्षर संकलन गरिएको छ।

National life

कोभिड–१९ (कोरोना) को संक्रमणबाट जनतालाई बचाउन असफल भएको भन्दै त्यहाँका नागरिकले हस्ताक्षर गरेका हुन्।

कोभिड–१९ को संक्रमण रोक्न सरकार असफल भएको भन्दै महाअभियोग लगाउन माग गरेर एउटा वेबसाईट मार्फत् हस्ताक्षर संकलन गरिएको थियो।

उक्त वेबसाईटमा गएर सहभागिता जनाउनेहरुले सरकारले चीनबाट आउने यात्रुलाई सहजै दक्षिण कोरिया प्रवेश दिइएको भन्दै सरकारको आलोचना गरेका छन्।

त्यहाँका नागरिकले भनेका छन्, ‘आफ्नै देशमा मास्कको कमी भइरहेका बेला राष्ट्रपतिले ३० लाख मास्क चीन पठाईदिएका छन् र मास्कको कालोबजारी रोक्न कुनै पनि पहल गरेका छैनन्।’

Laxmi sunrise bank
kumari

त्यहाँका नागरिकहरुले अरु सबै देशले चिनियाँ तथा चीन घुमेका व्यक्तिलाई आफ्नो देशमा प्रवेश गर्न नदिएको तर दक्षिण कोरियाले निर्वाध प्रवेश दिएको भन्दै आपत्ति जनाएका छन्।

कतिपयले हुबेई प्रान्तका यात्रुलाई रोक लगाउनु र अन्य चिनियाँलाई प्रवेश दिनु भनेको कोरोना भित्र्याउनु भएको भन्दै थुप्रै हुबेईबासीहरु अन्य प्रान्तमा रहेको र उनीहरु दक्षिण कोरिया प्रवेश गर्न सक्ने कुरालाई सरकारले नजरअन्दाज गरेको आरोप लगाएका छन्।

प्रकाशित: Feb 26, 2020| 18:03 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।