काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिम भ्रमणमा निस्किएकी छन् । उनी बुधबार अपराह्न धनगढी पुगेकी हुन् । बुधबारै उनले विश्व नेपाली साहित्य सम्मेलन उद्घाटन गरिन्।
राष्ट्रपति भण्डारीले बिहीबार बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा पूजा गर्ने कार्यक्रम छ।
यस्तै दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दन गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।
राष्ट्रपतिले बिहीबार नै पाटनमा बनेको भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्नुहुनेछ। राष्ट्रपतिले दार्चुलाको शैल्यशिखर मालिकार्जुनधाममा पनि पूजा गर्ने कार्यक्रम छ।
राष्ट्रपतिले शुक्रबार १६ गते बिहान १० बजे डडेलधुरा रहेको उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा हुने शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम छ। राष्ट्रपति भण्डारी १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ।