बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल ट्रस्टको जग्गामा मेरो नाम जोड्नु आपत्तिजनक : देउवा

नेपाल ट्रस्टको जग्गामा मेरो नाम जोड्नु आपत्तिजनक : देउवा

 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा आफू छँदा कुनै पनि निकायबाट नेपाल ट्रस्टको जग्गा लिजमा दिने निर्णय नभएको दाबी गरेका छन्।

पूर्वप्रधानमन्त्री देउवाले आफ्नो सहभागिताबेगर भएको निर्णयमा आफ्नो नाम जोडेर गरिएका प्रचारप्रति गम्भीर आपत्ति पनि जनाएका छन् ।

ट्रस्टले काठमाडौं ताहाचलको जग्गा भाडा दिने निर्णय देउवा प्रधानमन्त्री भएका बेला गरिएको श्वेतपत्र मंगलबार सार्वजनिक गरेको थियो।

देउवाले ट्रस्टको जग्गा भाडामा दिइएको सम्बन्धमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका हुन्। उनले ट्रस्टका गतिविधिमा आफ्नो नाम जोड्नु गलत भएको बताए।

उनले भनेका छन्, ‘ट्रस्टको बोर्डले गर्ने या गरिएका निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनीतिक र कानुनी दृष्टिले समेत गलत छ।’

सभापति देउवाले यो प्रकरणलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक ‘७० करोड’ को अडियो, नेपाल ट्रस्टअन्तर्गतकै गोकर्ण फरेस्ट रिसोर्टको लिजमा गरिएको गम्भीर अनियमितताबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको बताएका छन्।

देउवाले भनेका छन्, ‘कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दबाबलाई निरन्तरता दिन म सबैमा अपिल गर्दछु।’

प्रकाशित: Feb 26, 2020| 16:48 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।