बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘एक–दुई हजारको केक काट्नुभन्दा सिटामोल किन्छु’ (भिडियाे)

‘एक–दुई हजारको केक काट्नुभन्दा सिटामोल किन्छु’ (भिडियाे)

उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन्, ‘प्रधानमन्त्रीज्यू तपाई‌ंलाई बर्थडेको केक बोक्न हेलिकप्टर चार्टर गरेर खर्च गर्न अलिकति पनि अप्ठ्यारो लागेन ?’
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवमा काटिएको केक र केक बोक्नका लागि हेलिकप्टर चार्टर गरेकोमा व्यंग्य गरेकी छिन् । ‘मेरो घरपरिवारले बर्थडे आएपछि केक काट्नुपर्छ भन्छन्, मैले नाइँ भन्छु । एक–दुई हजार त हो भन्छन् । सम्झिन्छु, जनताले सिटामोल खान नपाएर मरिरहेका छन्, बरु म सिटामोल किन्छु।’

उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन्, ‘प्रधानमन्त्रीज्यू तपाई‌ंलाई बर्थडेको केक बोक्न हेलिकप्टर चार्टर गरेर खर्च गर्न अलिकति पनि अप्ठ्यारो लागेन ?’

उनले यही जाडो महिनामा सिटामोल नपाएर हुम्लामा १४ जनाले ज्यान गुमाउनुपरेको र सुत्केरी हुन नसकेर महिलाहरु छट्पटाई मर्नु परेको बताइन्।

प्रकाशित: Feb 26, 2020| 15:46 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।