आइतबार, चैत १, २०८२

इन्डोनेसियामा बाढी, पहिरोबाट १० हजार विस्थापित

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

जकार्ता - इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

National life

राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार यस प्राकृतिक प्रकोपबाट तीन वटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ। उनले ८०० हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुवानमा परेको जानकारी दिए।

जिल्लाका अति प्रभावित करिब ४८ हजार मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। पीडित व्यक्तिका लागि अस्थायी बन्दोबस्त गरिएको र आपतकालीन राहत सहायता प्रदान गरिएको छ। प्रवक्ता विबाओले जिल्लामा १४ दिने आपतकाल घोषणा गरिएको जानकारी दिए।

प्रवक्ता विबाओले उद्धार र राहतका लागि इन्डोनेसियाली सेना र प्रहरीका साथै अन्य उद्धारकर्मी परिचालन गरिएको बताए।

इन्डोनेसियाको जलवायू विज्ञान विभागका अधिकृत फाचरी राडजाबले पश्चिमी जाभा द्वीपसहित मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको बताए। विभागले बुधबार पनि ठूलो वर्षा हुने चेतावनी दिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 26, 2020| 14:48 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।