मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका घरबेटीले गरे जातीय विभेद, सांसद विश्वकर्माद्वारा कारबाहीको माग

काठमाडौंका घरबेटीले गरे जातीय विभेद, सांसद विश्वकर्माद्वारा कारबाहीको माग

सांसद विश्वकर्माले जातिय भेदभाव र छुवाछूतको व्यवहारविरुद्ध संविधानको धारा २४ एवं जातिय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६४ अनुसार कारबाहीको माग पनि गरेका छन् ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले काठमाडौंमा डेरा गरी बस्नेहरुलाई जातिय भेदभाव तथा छुवाछूतको व्यवहार गरिएको भन्दै कारबाहीको माग गरेका छन् । बुधबार संसदमा बैठकमा विश्वकर्माले कैलालीकी दीपा नेपालीलाई काठमाडौंका घरबेटीले दलित समुदायको भन्ने थाहा पाएपछि कोठा खाली गर्न दबाब दिएको संसदमा जानकारी गराए ।

विश्वकर्माका अनुसार गत मंसिर १३ गतेदेखि तारकेश्वर नगरपालिका वडा नम्बर १० को एक घरमा बस्न थालेका थिए कैलाली धनगढीका दीपा नेपाली र उनका भाइ । सोही दिन बेलुका घरबेटीले नाम थर सोध्दा दलित समुदायको भएको थाहा पाएपछि भोलिपल्टदेखि नै घर खाली गर्न दबाब दिन थाले । घरबेटीले दीपा र भाइलाई ‘तिमीहरुले नछोडे अन्य भाडावाल पनि मेरो घरमा भाडामा बस्न मान्दैनन्’ भन्दै तुरुन्त घर छोड्नुपर्ने भन्दै मानसिक यातना दिन थाले ।

सोही कुरा मानव अधिकार आयोगको एउटा कार्यक्रममा दिपाले राख्दा कार्यक्रम आयोजकले पनि ‘मिलेर बस्नु म घरबेटीलाई फोन गरिदिन्छु’ भने र घरबेटीलाई सम्झाइ पनि दिए । त्यसपछि सोही घरमा बस्दै आएका दिदीभाइलाई पुनः फागुन ३ गतेदेखि घर खाली गदिदिनू भन्दै दबाब दिन थालेको सांसद विश्वकर्माले बताए । ‘परीक्षाको सयमयमा यस प्रकारको मानसिक यातना दिँदा दीपा नेपाली अत्यन्तै प्रताडित भएकी छिन्,’ विश्वकर्माले भने ।

सांसद विश्वकर्माले जातिय भेदभाव र छुवाछूतको व्यवहारविरुद्ध संविधानको धारा २४ एवं जातिय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६४ अनुसार कारबाहीको माग पनि गरेका छन् ।

प्रकाशित: Feb 26, 2020| 14:21 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।