बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय, संविधान संशोधन कार्यदल भंग

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय, संविधान संशोधन कार्यदल भंग

यसैगरी बैठकले यसअघिको सचिवालय बैठकले गठन गरेको माधव नेपाल नेतृत्वको संविधान संशोधन कार्यदल भंग गर्ने पनि निर्णय गरेको छ ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा मनोनित हुने भएका छन्। आज बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको हो। अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रपतिबाट मनोनित भएका थिए। गोला प्रथाबाट उनी दुई वर्षे कार्यकालमा परेका थिए। खतिवडाको स्थानमा गौतम राष्ट्रियसभामा मनोनित हुन लागेका हुन्।

यसैगरी बैठकले यसअघिको सचिवालय बैठकले गठन गरेको माधव नेपाल नेतृत्वको संविधान संशोधन कार्यदल भंग गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित: Feb 26, 2020| 13:19 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।