बिहीबार, भदौ ४, २०८३

ओली–प्रचण्डबीच छलफल, संविधान संशोधन मुख्य एजेन्डा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल सुरु भएको छ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल सुरु भएको छ।

पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने, संविधान संशोधनलगायत विषयमा छलफल भइरहेको बताइएको छ।

बिहान ९ बजेपछि सुरु भएको छलफल दिउँसो साढे १२ बजेसम्म जारी रहने बताइएको छ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बुधबार नै नेकपा सचिवालयको बैठक बस्ने तयारी रहेकाले त्यसअघि अध्यक्षद्वयबीच छलफल चलेको हो।

छलफलमा उपाध्यक्ष वामदेव गौतम, संविधान संशोधन, एमसीसीलगायतका विषयमा छलफल भइरहेको छ।

स्रोतका अनुसार मंगलबार राति वरिष्ठ नेता माधवकुमार नेपाल र ओलीबीच छलफल भएको थियो।

प्रकाशित: Feb 26, 2020| 11:53 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।