नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा नियन्त्रणका लागि सेना परिचालन गर्न माग गरेका छन्।
मुख्यमन्त्री केजरीवालले ट्विट गर्दै अनेक प्रयास गरिए पनि प्रहरीले परिस्थिति नियन्त्रणमा लिन नसकेका कारण सेना परिचालन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
उनले हिंसा भड्किएको क्षेत्रमा तत्काल कर्फ्यू लगाउनुपर्ने बताएका छन्। मुख्यमन्त्री केजरीवालले सेना परिचालन र कर्फ्यु जारी गर्नका लागि गृहमन्त्री अमित शाहलाई पत्राचार गर्न लागेको पनि उल्लेख गरेका छन्।
नागरिकता संशोधन कानुनको विषयलाई लिएर उत्तर–पूर्वी दिल्लीमा जारी हिंसामा परी मर्नेको संख्या २० पुगिसकेको छ।