बिहीबार, भदौ ४, २०८३

रमेश खरेलले भने– पार्टी खोल्न लागेको होइन

राजनीतिक पार्टी खोल्न लाग्नुभएको हो ? भन्ने नेपाल समयको जिज्ञासामा उनले भने, ‘हाम्रो नेपाल हामी नेपाली अभियान सुरु गर्न लागेका हौं। देशमा सुशासनका लागि अभियान चलाउने योजना हो। यसको औपचारिक घोषणा भोलि गर्छौं।’
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं– नेपाल प्रहरीको डीआईजीबाट केही समयअघि राजीनामा दिएका रमेश खरेलले सुशासनका लागि अभियान चलाउन लागेको बताएका छन्। आफूले पार्टी खोल्न लागेको नभई अभियानमात्र चलाउन लागेको उनले स्पष्ट पारेका छन्।

राजनीतिक पार्टी खोल्न लाग्नुभएको हो ? भन्ने नेपाल समयको जिज्ञासामा उनले भने, ‘हाम्रो नेपाल हामी नेपाली अभियान सुरु गर्न लागेका हौं। देशमा सुशासनका लागि अभियान चलाउने योजना हो। यसको औपचारिक घोषणा भोलि गर्छौं।’

तपाईंको अभियान पार्टीमा परिणत हुन्छ कि ? भन्ने प्रश्नमा खरेलले भने, ‘हामीले राजनीतिक दल खोल्न लागेका होइनौं। यो एउटा अभियान हो, लुज फोरम जस्तो हो। यस अभियानमा सबै जोडिन सक्नुहुन्छ।’

खरेलले प्रहरीमा विभेद भएको भन्दै केही वर्षअघि डीआईजीबाट राजीनामा दिएका थिए। सामाजिक कार्यमा सक्रिय हुन भन्दै उनले अभियान चलाउन लागेका हुन्।

प्रकाशित: Feb 26, 2020| 11:42 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।