बिहीबार, वैशाख ३१, २०८३

चीनमा हुबेईबाहिर नयाँ संक्रमण न्यून

 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

बेइजिङ– कोरोना भाइरस (कोभिड–१९)को केन्द्रविन्दु मानिने चीनको हुबेई प्रान्तबाहिर नयाँ संक्रमण न्यून देखिएको छ।

National life

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा कोरोना भाइरसको संक्रमण देखिएका ४०६ नयाँ बिरामीमध्ये ५ जनामात्रै हुबेईबाहिरका छन्।

पछिल्लो समय चीनमा हुबेईबाहिर कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको आयोगले जनाएको छ। आयोगका अनुसार पछिल्लो समय चीनमा कोरोनाबाट ज्यान गुमाउने सबै (५२ जना) हुबेई प्रान्तका छन्।

कोरोनाबाट मर्नेको संख्या २७६३ पुग्यो

गत डिसेम्बरमा चीन हुँदै विश्वभर फैलिएको कोरोना संक्रमणबाट विश्वभर दुई हजार सात सय ६३ जनाको मृत्यु भइसकेको छ।

चीनमा मात्रै दुई हजार सात सय १५ को कोरोनाबाट मृत्यु भएको छ। चीनबाहिर सबैभन्दा बढी इरानमा १५ जनाको ज्यान गएको छ। यस्तै, दक्षिण कोरियामा १२, इटालीमा ११, जापानमा ५, हङकङमा २ र फिलिपिन्स, फ्रान्स तथा ताइवानमा १–१ जनाको ज्यान गएको छ।

कोरोनाबाट संक्रमितको संख्या विश्वभर ८० हजार ९ सय ७० पुगेको छ, जसमध्ये ७८ हजार ६४ चिनियाँ छन्।

प्रकाशित: Feb 26, 2020| 10:40 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।