मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यौन सम्बन्धको भिडियो बनाएर ब्ल्याकमेलिङ गरेपछि आत्महत्या

यौन सम्बन्धको भिडियो बनाएर ब्ल्याकमेलिङ गरेपछि आत्महत्या

आफैले यौन सम्बन्ध राखेको भिडियो देखाएर ब्ल्याकमेलिङ गरेपछि मोरङमा एक विवाहित महिलाले आत्महत्या गरेकि छिन्।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

मोरङ- आफैंले यौन सम्बन्ध राखेको भिडियो देखाएर ब्ल्याकमेलिङ गरेपछि मोरङमा एक विवाहित महिलाले आत्महत्या गरेकी छन्।

आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरहरैचा– ६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई छन् ।

उनीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका–५ कि प्रीति तिम्सिना अधिकारीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप प्रहरीले लगाएको छ।

प्रहरीका अनुसार फागुन ८ गते प्रितीले आत्महत्या गरेपछि प्रहरीले सुसाइट नोट फेला पारेको थियो । सुसाइट नोटमा दुईवटा फेसबुक एकाउन्टबाट नग्न तस्वीर देखाएर आफूलाई ब्लाकमेलिङ गरेको उल्लेख थियो।

ड्याजलिङ क्वीन र दीपा नाम गरेको फेसबुक आइडीबाट नग्न तस्वीर प्रीतिको म्यासेन्जरमा पठाएर पैसा नदिए भाइरल बनाइदिने डर देखाइएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर गुणराज बुढाथोकीले बताए ।

उनका अनुसार एक छोरीकी आमा प्रितीका श्रीमान् भने वैदेशिक रोजगारीमा छन् ।

प्रहरीकाको प्रारम्भिक अनुसन्धानअनुसार ऋषिराम भट्टराई प्रितीलाई पहिलादेखि नै मन पराउँथे । उनीहरु सामाजिक सञ्जालमार्फत नजिकिएका थिए ।

त्यसपछि उनीहरुबीच शारीरिक सम्बन्ध भएको र ऋषिरामले भिडियो बनाएको इन्स्पेक्टर बुढाथोकीले जानकारी दिए।

सोही भिडियोलाई प्रयोग गरी पटकपटक प्रीतिसँग रकम असुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रीतिबाट ऋषिरामले ५५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ।

उनले विभिन्न मितिमा धम्की दिँदै पैसा असुल्ने गरेको र पैसा नभएपछि आफूले आत्महत्याको बाटो रोजेको मृतक प्रीतिले उल्लेख गरेको सुसाइड नोटमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले भट्टराईले एक वर्षयता नग्न तस्वीर देखाएर पैसा असुल्दै आएको स्वीकार गरेको बताए । पैसा लिन भने उनले सञ्जितालाई प्रयोग गर्दै आएको खुलेको छ।

प्रीतिले आत्महत्या गर्नुअघि पनि भट्टराईले पैसा नदिए फोटो भाइरल गरिदिने धम्की दिएका थिए। तर उनीसँग पैसा थिएन। मागेजत्ति पैसा दिन नसक्ने भएपछि उनले आत्महत्याको बाटो रोजेको प्रहरीको अनुसन्धानबाट खुलेको अधिकारीले जानकारी दिए।

सुसाइट नोटका आधारमा पक्राउ परेका दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 26, 2020| 09:07 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।