बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धुम्मिएको आकाश कहिले खुल्छ ? यस्तो हुनेछ शुक्रबारसम्मको मौसम

धुम्मिएको आकाश कहिले खुल्छ ? यस्तो हुनेछ शुक्रबारसम्मको मौसम

आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र भोलिबाट मौसम सफा हुँदै जानेछ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं- पश्चिमी वायु र न्यून चापीय प्रणालीका कारण धुम्मिएको आकाश भोलि (बिहीबार)बाट खुल्ने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) देशभर धुम्मिएको आकाश भोलिबाट क्रमशः खुल्दै जानेछ । आज देशका मध्य तथा पूर्वी भू–भाग साथै पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको वरिष्ठ मौसमविद् निराजन सापकोटाले नेपाल समयलाई जानकारी दिए ।

उनका अनुसार आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र भोलिबाट मौसम सफा हुँदै जानेछ । शनिबारबाट भने पुनः मौसम बदली भइ आकाश धुम्मिने र वर्षा हुने सम्भावना रहेको उनले बताए ।

उनले भने- 'आज दिउँसो एकैछिन आकाश खुले पनि अपरान्हबाट पुनः बादल लागेर मौसम धुम्मिने छ । साँझ वर्षा भएसँगै क्रमशः मौसम सफा हुने देखिएको छ ।' बिहीबार र शुक्रबार मौसम सफा हुनेछ भने शनिबार र आइतबार पुनः मौसम बदलिने उनले जानकारी दिए ।

वरिष्ठ मौसमविद् सापकोटाका अनुसार अहिले पश्चिमी क्षेत्रमा हल्का वर्षा भइराखेको छ । दिउँसोपछि काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा पनि वर्षा हुनेछ । केही पहाडी क्षेत्रमा भने चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

यस्ताे हुनेछ आगामी तीन दिनको मौसम

फागुन १४ गते (बुधबार)

दिउँसो देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

राति देशको मध्य भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक-दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन १५ गते (बिहिबार)

दिउँसो देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १६ गते (शुक्रबार)

दिउँसो देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ।

प्रकाशित: Feb 26, 2020| 08:44 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।