आइतबार, चैत १, २०८२

दिल्ली दंगामा मृत्यु हुनेको संख्या १३ पुग्यो

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा नागरिकतासम्बन्धी कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारीबीच भड्किएको दंगाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

नयाँ दिल्ली– भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा नागरिकतासम्बन्धी कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारीबीच भड्किएको दंगाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

National life

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले दंगामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार दंगामा १५० घाइते भएकोमा ३०–४० जना उपचारपछि घर फर्किएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनको भनाइ छ।

नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा आइतबारदेखि दिल्लीका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारी भाला र लाठी लिएर उत्रिएपछि प्रदर्शन हिंसात्मक बनेको छ। कतिपय ठाउँमा पसल, घर तथा सवारी साधनहरू जलाइएका छन्।

दंगाले साम्प्रदायिक स्वरूप लिन थालेपछि चिन्ता बढ्दो छ। हिंसा र आगजनी बढ्दै गएपछि केन्द्रीय गृहमन्त्रीले शान्तिको अपिलसमेत गरेका छन्।

भारतको संसदले नागरिकता संशोधन ऐन (सीएए) पारित गरेदेखि नै त्यसको विरोधमा प्रदर्शन भइरहेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 26, 2020| 08:37 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।