बिहीबार, भदौ ४, २०८३

काठमाडौंको बाफलमा श्रीमती र सालीमाथि एसिड प्रहार

काठमाडौंको बाफलमा एक व्यक्तिले श्रीमती र सालीमाथि एसिड प्रहार गरेका छन् ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं- काठमाडौंको बाफलमा एक व्यक्तिले श्रीमती र सालीमाथि एसिड प्रहार गरेका छन् ।

रक्सीले मात्तिएका २९ वर्षीय शिव रम्तेलले राति श्रीमती सुनिता रम्तेल र १५ वर्षीय सालीमाथि एसिड प्रहार गरेका हुन् ।

रम्तेल आइतबार रक्सी पिएर कोठमा आएका थिए । राति अबेर आएका उनले श्रीमतीसँग भनाभन भएपछि ट्वाइलेटमा रहेको एसिड ल्याएर छ्यापेका प्रहरीले जनाएको छ ।

उनलाई रोक्ने क्रममा सालीको आँखा र शरीरमा एसिड परेको छ । ट्वाइलेट सफा गर्न राखिएको कमसल एसिड भएका कारण उनीहरुको कपडा जले पनि शरीरमा ठूलो क्षति नभएको महानगरीय प्रहरी वृत कालीमाटीका डीएसपी रुगम कुँवरले जानजकारी दिए ।

उनका अनुसार चर्को स्वरमा झगडा भएको खबर टोल फ्री नम्बर एक सयमा आएलगतै प्रहरीले रम्तेललाई कोठाबाटै पक्राउ गरेको थियो ।

कोठाभित्र पुग्दा सुनिताको कपडा एसिडले जलेको थियो । प्रहरीले दुवैलाई तत्काल कंलकीस्थित एक अस्पतालमा पुर्याएको थियो ।

छालामा धेरै क्षति नभएको र सालीको आँखामा एसिडको छिटा परेका कारण अस्पतालले उनीहरुलाई घर पठाइदियो ।

गोरखा घर भएका रम्तेल रङ लगाउने काम गर्दै आएका थिए ।

प्रकाशित: Feb 26, 2020| 07:37 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।