काठमाडौं– नेपाली सेनाका उपरथी ईश्वर हमालले बहुराष्ट्रिय शान्ति सेनाको नेतृत्वको जिम्मेवारी पाएका छन्।
हमाललाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मिसन प्रमुख एवम् फोर्स कमान्डरमा नियुक्त गरेका हुन्। मिसनमा ४० भन्दा बढी मुलुकका सेना खटिएका छन्।
हमाल हाल आर्मी कमान्ड तथा स्टाफ कलेजका शिक्षा अधिकृतका रुपमा कार्यरत छन्। उनलाई महासचिव गुटेरसले सफल कार्यकालका लागि शुभकामना दिएको नेपाली सेनाले जनाएको छ।
हमाल अब पश्चिम एसियाको गोलानहाइटस्थित राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व सम्हाल्न जानेछन्।