बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रजातन्त्रका लागि फेरि संघर्ष गर्नुपर्ने बेला आयोः देउवा

प्रजातन्त्रका लागि फेरि संघर्ष गर्नुपर्ने बेला आयोः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन्। महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजना गरेको महेन्द्रनारायण निधिको ९८औँ जन्मजयन्ती समारोहमा उनले सरकारको गलत कार्यशैलीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताएका हुन्।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन्। महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजना गरेको महेन्द्रनारायण निधिको ९८औँ जन्मजयन्ती समारोहमा उनले सरकारको गलत कार्यशैलीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताएका हुन्।

हिंसामुक्त समाज निर्माण र प्रजातन्त्रको रक्षाका लागि कुनै पनि सम्झौता नगरिने उल्लेख गर्दै सभापति देउवाले कांग्रेसको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए । उनले पार्टीमा रहेका केही समस्याको समाधान पार्टी भित्रैबाट खोजिने बताए । कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तापक्षबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चुनौती उत्पन्न भइरहेको जिकिर गरे।

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले सरकारका क्रियाकलापबाट जनता आजित भएको टिप्पणी गर्दै यस्तो परिस्थितिमा कांग्रेसले जनताको अपेक्षाअनुसार काम गर्न सक्यो कि सकेन भनेर पनि स्वमूल्याङ्कन गर्नुपर्ने बेला आएको बताए। अर्का नेता कृष्णप्रसाद सिटौलाले सरकारले संविधानलाई मुलुक समृद्ध बनाउनभन्दा आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाए । रासस

प्रकाशित: Feb 25, 2020| 21:50 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।