आइतबार, चैत १, २०८२

इरानी उपस्वास्थ्यमन्त्री पत्रकार सम्मेलनमै खोकेपछि...

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, “कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उपस्वास्थ्य मन्त्री हरिर्चीको कोरोना भाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।”
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

National life

इरानका उपस्वास्थ्य मन्त्रीलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले बताएका छन् । इस्लामिक गणतन्त्र इरानमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनको भनाइ थियो। इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।

इरानी उपस्वास्थ्यमन्त्री पत्रकार सम्मेलनमै खोकेपछि...

 

वाहबजादेहका अनुसार उपस्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक पटक खोकेका थिए भने पसिना पनि आइरहेको थियो । लक्षणका आधारमा उनलाई अस्पताल पुर्याइएको थियो, जहाँ उनलाई भर्ना गरी उपचार सुरू भएको छ।

Laxmi sunrise bank
kumari

रासस

प्रकाशित: Feb 25, 2020| 21:42 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।