बिहीबार, भदौ ४, २०८३

दिल्लीमा भड्कियो दंगा, १० को मृत्यु, सयौं घाइते

नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच सोमबारदेखि जारी भिडन्तबाट भारतको राजधानी दिल्लीमा कम्तिमा १० जनाको मृत्यु भएको छ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

दिल्ली-  नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच सोमबारदेखि जारी भिडन्तबाट भारतको राजधानी दिल्लीमा कम्तिमा १० जनाको मृत्यु भएको छ।

झडपमा परेर कैयौँ प्रहरीसहित सयभन्दा बढी मानिसहरु घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

हिंसाले साम्प्रदायिक स्वरुप लिन थालेपछि चिन्ता बढ्दो छ।

कतिपय ठाउँहरुमा पसल, घर तथा सवारी साधनहरु जलाइएका छन्। भिडबाट गोली चलाइएको छ।

हिंसा र आगजनी बढ्दै जाँदा धार्मिक स्थलहरुबाट पनि शान्ति कायम राख्न अपिल गरिएको छ। तर, त्यसको प्रभाव परेजस्तो देखिंदैन।

पत्रकारहरूलाई भिडन्त र आक्रमणको भिडियो नखिच्न भन्दै उनीहरुमाथि पनि आक्रमण गरिएको छ।

नागरिकता कानुनका पक्ष र विपक्षमा रहेका समूहबीच आइतबारदेखि दिल्लीमा भिडन्त सुरु भएको थियो।

यस्तो झडपको असर सबैभन्दा धेरै उत्तर-पूर्वी दिल्लीमा परेको छ।

भारतको संसदले नागरिकता संशोधन ऐन (सीएए) पारित गरेदेखि नै त्यसको विरोधमा  प्रदर्शन भइरहेका छन्। तर, आइतबार अघिसम्मका अधिकांश प्रदर्शनहरु शान्तिपूर्ण थिए।

सरकारले उत्तरपूर्वी दिल्लीका सबै विद्यालय बन्द गराएको छ भने धेरै ठाउँमा यातायात समेत ठप्प पारिएको छ।

 

 

प्रकाशित: Feb 25, 2020| 20:47 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।