आइतबार, चैत १, २०८२

रहेनन् इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारक

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको छ। उनको उपचारका क्रममा निधन भएको इजिप्टको राष्ट्रिय टेलिभिजनले जनाएको छ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

National life
Laxmi sunrise bank
kumari

इजिप्ट - इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको छ। उनको उपचारका क्रममा निधन भएको इजिप्टको राष्ट्रिय टेलिभिजनले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि मुबारकलाई गत शनिबार उनका छोराले अस्पताल भर्ना गरेका थिए।

झण्डै तीस वर्ष इजिप्टको शासन सत्तामा रहेका मुबारकको शासनकाललाई स्थिर शासनको ज्वलन्त उदाहरण मानिन्छ। सदाबहार अस्थिर रहने मध्यपूर्वी मुलुकहरूका बीच उनको मुलुक मात्रै स्थिरताको एउटा दृष्टान्त नै बनेको थियो। उनलाई अमेरिकाको एक असल मित्र एवं इजिप्ट र इजरायल बीच भएको शान्ति तथा मैत्री सन्धिको बचाउ गर्ने ईमान्दार पहरेदार पनि मानिन्थ्यो।

उनी सन् २०११ मा राजधानी कायरोको तहरिर स्क्वायरमा भएको १८ दिन लामो जन विद्रोहद्वारा पदच्युत भएका थिए। अरब स्प्रिङ्ग या अरब जागरण भनिने उक्त आन्दोलनले मध्यपूर्व र उत्तर अफ्रिकाका धेरै मुलुकमा लामो समय शासन गर्ने शासकहरूले सत्ताबाट हात धुनु परेको थियो।

प्रकाशित: Feb 25, 2020| 19:54 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।