बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झरीले मिथिला मध्यमा परिक्रमाका श्रद्धालुको बिजोग, एकको मृत्यु

झरीले मिथिला मध्यमा परिक्रमाका श्रद्धालुको बिजोग, एकको मृत्यु

१५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी एक तिर्थालुको निधन भएको छ। मिथिला बिहारी डोलासँगै परिक्रमा गरिरहेका मिथिला बिहारी नगरपालिका कचुरीका साधु निर्धन यादवको मंगलबार भारतको कल्याणेश्वरमा निधन भएको हो।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

जनकपुरधाम - १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी एक तिर्थालुको निधन भएको छ। मिथिला बिहारी डोलासँगै परिक्रमा गरिरहेका मिथिला बिहारी नगरपालिका कचुरीका साधु निर्धन यादवको मंगलबार भारतको कल्याणेश्वरमा निधन भएको हो।

डोलाका सदस्यसमेत रहेका उनको मृत्युको कारण भने खुल्न सकेको छैन। प्रत्यक्षदर्शीहरुका अनुसार बिहान आगो सल्काएर बसेका उनी केही बेरमै अचानक ढलेका थिए। उनको शव कल्याणेश्वरबाट दाहसंस्कारका लागि परिवारका सदस्यहरुले धनुषाको कचुरी लगेको बताइएको छ।

यता मौसम परिवर्तन भई मंगलबार अचानक भएको वर्षाले १५ दिने मिथिला मध्यमा परिक्रमाका सहभागी भक्तजनहरुलाई बिजोग भएको छ। बासको उचित व्यवस्थापन नभएपछि वर्षाका कारण उनीहरु समस्यामा परेका छन्।

आइतबार जनकपुरबाट सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रमा भारत बिहारको गिरिजा स्थान पुगेको छ। मंगलबार त्यहाँ विश्राम गरेपछि परिक्रमा बुधबार महोत्तरीको मटिहानी पुग्ने छ।

मिथिलाको महाकुम्भसमेत भनिने मध्यमा परिक्रमामा लाखौंको संख्यामा तिर्थालु सहभागी छन्। अचानक वर्षा भएपछि बासस्थानको उचित व्यवस्था नहुँदा परिक्रमाका सहभागीहरु पानीमा रुझ्न बाध्य भएका छन्। वर्षासँगै चिसो हावा चलेपछि उनीहरु ओत खोज्दै हिंडेका छन्।

कतिपय तिर्थालु आफूसँगै लगेको पाल टाँगेर बसेका छन् भने पाल नभएकाहरु रुखमूनी ओत लागेर बसेका छन्। नेपाल–भारतको सबै भन्दा लामो दूरीको धार्मिक यात्रा रहेपनि दुबैतर्फको सरकारले मिथिला परिक्रमालाई व्यवस्थित बनाउन खासै चासो नदेखाएको तिर्थालुहरुको गुनासो छ।

परिक्रमा नजिकिएसँगै हरेक बासस्थानमा धर्मशाला निर्माण गरिने नेताहरुले भनेपनि हालसम्म कहिँकतै निर्माण हुन नसकेको उनीहरु बताउँछन्। मिथिला मध्यमा परिक्रमाका संयोजकसमेत रहेका जनकपुरस्थित अग्निकुण्डका महन्त नवलकिशोर शरणले परिक्रमाका सहभागीहरुलाई सुविधादिनतर्फ कुनै सरकारले चासो नदेखाएको बताए। श्रद्धा र आस्थाको प्रतिकको रुपमा रहेको मिथिला मध्यमा परिक्रमाका तिर्थालुहरु हरेक वर्ष समस्या भोग्न बाध्य रहेपनि त्यसतर्फ सरोकारवाला निकायको ध्यान नजानु दुर्भाग्यपूर्ण रहेको उनले बताए।

मिथिला मध्यमा परिक्रमाका तिर्थालुहरु नेपाल तथा भारतमा गरी कूल १३३ किलोमिटर पद यात्रा गर्नेछन्।

प्रकाशित: Feb 25, 2020| 18:46 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।