बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • छाउगोठ भत्काउन जाग्यो कर्णाली : चेली घरभित्र, देउता घरबाहिर

छाउगोठ भत्काउन जाग्यो कर्णाली : चेली घरभित्र, देउता घरबाहिर

कर्णालीका अधिकांश जिल्लामा अहिले पनि महिनावारी अर्थात् रजश्वला हुँदा बार्ने चलन छ। महिनावारीको बेलामा महिला र किशोरीहरुलाई घरभित्र पस्न दिइँदैन। घरदेखि टाढा रहेको गोठमा राखिन्छ।
 |  मंगलबार, फागुन १३, २०७६

देव राना

देव राना

मंगलबार, फागुन १३, २०७६

सुर्खेत - कर्णालीका अधिकांश जिल्लामा अहिले पनि महिनावारी अर्थात् रजश्वला हुँदा बार्ने चलन छ। महिनावारीको बेलामा महिला र किशोरीहरुलाई घरभित्र पस्न दिइँदैन। घरदेखि टाढा रहेको गोठमा राखिन्छ। छाउगोठमै कति महिलाले सर्पको टोकाइबाट ज्यान गुमाएका छन्। कति बलात्कृत भए त कतिले हिंसा सहेरै बसेका छन्। तर अब भने छाउपडी प्रथाविरुद्ध सरकार आक्रामक बनेको छ। छाउगोठमा बस्दा महिला र किशोरीहरुको ज्यान जान थालेपछि यतिबेला छाउपडीविरुद्ध कर्णाली जागेको छ।

National life

स्थानीय तह, प्रशासन र प्रहरीले टोलटोलमै पुगेर छोउगोठ भत्काएका छन्। केही स्थानीय तहले छाउगोठ भत्काउने अभियानमा धार्मिक अगुवाहरुलाई खटाउन थालेका छन्। धर्म र महिनावारीलाई जोडेर देउता रिसाउने र अनर्थ हुने भ्रम अहिले पनि कायमै छ। यसलाई चिर्न गाउँमा धामी, झाँक्री, पण्डित, ज्योतिष र पूजारीहरुलाई नै अग्रसर बनाउन थालिएको छ। कतिपय स्थानमा धामी र पूजारीहरुले अभियानको नेतृत्व सम्हालेका छन्।

हालसम्म कर्णालीमा दुई हजार दुई सय ३५ वटा छाउगोठ भत्काइएका छन्। कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, सल्यान र जाजरकोटमा मात्रै छाउगोठ भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। त्यसमध्ये सुर्खेतमा हालसम्म सबैभन्दा बढी एक हजार नौं सय २४ छाउगोठ भत्काइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिनाले जानकारी दिए। उनकाअनुसार दैलेखमा दुईसय ५९, जाजरकोटमा ३०, कालिकोटमा २० र सल्यानमा तीन ओटा छाउगोठ भत्काइएको छ। प्रदेशका अन्य जिल्लामा भने छाउगोठ नभेटिएको प्रहरीको भनाइ छ।

महिला घरभित्र, पूजा घरबाहिर

सुर्खेतको पश्चिम क्षेत्रमा महिनावारी हुँदा बार्ने चलन बढी छ। सरकारको निर्देशनपछि यहाँका अधिकांश छाउगोठहरु भत्काइएका छन्। छाउगोठ भत्काइएसँगै स्थानीयलाई जनचेतना फैलाउने काम पनि भइरहेको स्थानीय तहले जनाएका छन्। पञ्चपुरी नगरपालिकाले अब घरभित्र पूजा गर्नुको साटो घरबाहिरै पूजा गर्न र सोही अनुसार पूजा सामग्री पनि बाहिरै राख्न भनेको छ। पूजा कोठा र पूजा सामग्रीका कारण महिनावारी भएका महिला र किशोरीलाई घरभित्र पस्न नदिने गरिएको भन्दै नगरपालिकाले अब पूजा गर्नका लागि मन्दिर र पूजा सामग्री घरबाहिरै स्थापना गर्न भनेको हो। छाउगोठ भत्काएपछि महिनावारी भएकाहरु खुला आकाशमा नबसेको जानकारी दिँदै नगरपालिकाका प्रमुख उपेन्द्र थापाले भने, ‘पूजा गर्ने पूजारी र धामीलाई नै घरबाहिर छुट्टै मन्दिर बनाएर पूजाका सामग्रीहरु राख्न सहजिकरण गरेका छौं, यसले पनि महिलाहरु घरभित्र बस्न पाउने अवस्था आएको छ।’

Laxmi sunrise bank
kumari

गाउँ, टोल र वडाहरुमा पुगेर सचेतनामुलक अभियानहरु सञ्चालन गर्न झण्डै चार लाख बजेट विनियोजन गरिएको थापाको भनाइ छ। ‘मनदेखि नै कुप्रथा हटाउन नगरपालिका आक्रामक रुपमा लाग्नेछ’ थापाले थपे, ‘नगरपालिका भित्रका हरेक समूह र क्लबलाईसमेत महिनावारी भएकै कारण छाउगोठमा बस्न बाध्य पार्नेको विवरण दिन अनुरोध गरिसकेका छौं, अटेरी गर्नेलाई कानुनी कारबाही गर्ने र नगरपालिकाबाट दिइने सेवा तथा सुविधा नै रोक्नेछौं।’ उनले अब देउता घरबाहिर र महिलाहरु घरभित्र बसाल्ने अभियान सुरु भएको जनाए।

प्रकाशित: Feb 25, 2020| 18:34 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।