बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली प्रमाणपत्र पेश गरी जागिर खानेविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली प्रमाणपत्र पेश गरी जागिर खानेविरुद्ध भ्रष्टाचार मुद्दा

यस्तै १० हजार रुपैयाँ घुससहित पक्राउ परेका आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनका कम्प्युटर अधिकृत रामकुमार अधिकारीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं– नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने ३ सहित ४ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी जागिर खाने वेशीशहर नगरपालिका गण्डकी प्रदेशमा कार्यरत टाईपिष्ट नायब सुब्बा गिता अधिकारी, राष्ट्रिय नाचघरमा नृत्य कलाकार अंजु रंजितकार, नेपाल विद्युत प्राधिकरणमा सुपरभाईजर (मेकानिकल) पदमा कार्यरत चक्रपाणी भट्टराईविरुद्ध अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो।

यस्तै १० हजार रुपैयाँ घुससहित पक्राउ परेका आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनका कम्प्युटर अधिकृत रामकुमार अधिकारीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारका अनुसार टाईपिस्ट अधिकारीले बिहार विद्यालय परीक्षा समिति, पटना, भारतबाट एस.एल.सी. तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी टाईपिस्ट खरिदार पदमा जागिर सुरु गरेको खुलेको छ।

यस्तै राष्ट्रिय नाचघर नृत्य कलाकार (तह ५) पदमा कार्यरत रंजितकारले बढुवाका लागि जनज्योति माध्यमिक विद्यालय, नवलपरासीबाट कक्षा १० (सेन्टअप) उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको खुलेको अख्तियारले जनाएको छ।

रंजितकार ‘ख’ श्रेणीको कलाकार, नृत्य प्राविधिक सेवा (कलाकार समूह) तह ४ पदमा स्थायी नियुक्ति लिइ नृत्य कलाकार तह ५ पदमा विशेष बढुवा हुँदा उक्त नक्कली प्रमाण पत्र पेश गरेको खख्तियारले जनाएको छ।

यस्तै नेपाल विद्युत प्राधिकरणमा कार्यरत भट्टराईले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट हाई स्कुल तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल विद्युत प्राधिकरणमा तह–४ सिनियर वेल्डर पदमा सेवा प्रवेश गरेको खुलेको छ। हाल उनी कालिगण्डकी ए जलविद्युत आयोजना, स्याङ्जामा कार्यरत रहेका छन्।

 

प्रकाशित: Feb 25, 2020| 18:16 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।