काठमाडौं– सांसदहरु बाहिरिएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। दिउँसो १ बजे सुरु भएको बैठकको सुरुमा सांसदहरु पर्याप्त रुपमा उपस्थित भए पनि पछि बाहिरिएका थिए।
सत्तारुढ दलका सांसदहरु बस्ने कुर्सी भने बैठकको सुरुदेखि नै खाली देखिएका थिए । प्रतिनिधिसभामा सांसदको गणपूरक संख्या नपुग्दा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक प्रस्तुत हुन सकेन ।
विधयेक पारित हुन ६९ सांसद चाहिनेमा ५८ जनामात्र भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।