बिहीबार, भदौ ४, २०८३

लैनचौरमा नयाँ भारतीय राजदूत १९ गतेदेखि

तत्कालीन राजदूत मन्जिव सिंह पुरीको कार्यकाल सकिएपछि भारतले क्वात्रालाई नेपाल पठाउन लागेको हो। यसअघि उनी फ्रान्समा राजदूत थिए ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं– नेपालका लागि भारतीय राजदूतमा नियुक्त भएका विनयमोहन क्वात्रा फागुन १८ गते नेपाल आउने भएका छन्। उनले फागुन १९ गतेदेखि जिम्मेवारी सम्हाल्ने भारतीय दूतावासले जनाएको छ।

तत्कालीन राजदूत मन्जिव सिंह पुरीको कार्यकाल सकिएपछि भारतले क्वात्रालाई नेपाल पठाउन लागेको हो। यसअघि उनी फ्रान्समा राजदूत थिए ।

३० वर्षदेखि भारतको विदेश सेवामा कार्यरत क्वात्रा सन् १९८८ मा सेवा प्रवेश गरेका थिए। उनले संयुक्त राष्ट्र संघ, सार्कलगायत संस्थामा पनि काम गरिसकेका छन्।

फ्रान्सका लागि राजदूत नियुक्त हुनुअघि उनी चीनका लागि सहायक राजदूत थिए। उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा पनि काम गरिसकेका छन्।

प्रकाशित: Feb 25, 2020| 15:46 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।