बिहीबार, भदौ ४, २०८३

राष्ट्रियसभा सदस्यको शपथ २१ गते

शपथ ग्रहणमा सहभागी हुन राष्ट्रिय पोसाक अथवा आ–आफ्नो पहिचान झल्किने पोसाक लगाएर आउनु पर्नेछ। 
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं– राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण यही फागुन २१ गते हुने भएको छ।

संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार २१ गते बुधबार दिउँसो ११ बजे संसद भवन नयाँ बानेश्वरमा शपथ ग्रहण हुनेछ।

शपथ ग्रहणमा सहभागी हुन राष्ट्रिय पोसाक अथवा आ–आफ्नो पहिचान झल्किने पोसाक लगाएर आउनु पर्नेछ। निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र र नागरिकताको सक्कल प्रति लिएर आउन आग्रह गरिएको छ।

गत माघ २६ गते भएको राष्ट्रियसभाको १८ वटा सिटका लागि निर्वाचन भएको थियो। जसमा १६ वटा सत्तारुढ नेकपा र २ वटा राजपाले जितेको थियो।

प्रकाशित: Feb 25, 2020| 15:39 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।