काठमाडौं– अमेरिकी सरकारसँग भएको एमसीसी सम्झौता तत्काल खारेज गर्न र संसदबाट अनुमोदन नगर्न माग गर्दै मंगलबार अमेरिकी दूतावासअगाडि धर्ना दिइएको छ।
नेपाल मजदुर किसान पार्टीको अगुवाइमा भएको प्रदर्शनका सहभागीले अमेरिकाले एमसीसी जबर्जस्ती लाद्न खोजेको आरोप लगाएका छन्।
पार्टीले राजदूतमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विरोधपत्र बुझाएर धर्ना र सभा आयाेजना गरेकाे हाे। एमसीसी दक्षिण एसियाका देशलाई सैनिक शासनसँग जोड्ने उद्देश्यले आएको आराेप नेमकिपाकाे छ।
विरोधसभामा नेमकिपाका सचिव प्रेम सुवालले अमेरिकालाई साम्राज्यवादीको आरोप लगाउँदै हामीले एमसीसी पारित गर्ने हो अमेरिकाले नेपालजस्ता देशलाई विरोधी देशविरुद्ध परिचालन गर्ने शंका व्यक्त गरे।
देशलाई आपसमा जुधाउने योजनाका साथ एमसीसी लागू गर्न खोजिएको उनले बताएका छन्।