बिहीबार, भदौ ४, २०८३

देशैभर नेपाल ट्रस्टको सम्पत्ति, कहाँ कति ?

श्वेतपत्रका अनुसार नेपाल ट्रस्टको कुल जग्गा देशभर गरेर २१ हजार ५ सय ६२ रोपनी, ४ आना, २ पैसा, १ दाम जग्गा छ ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

सरकारले नेपाल ट्रस्टको सम्पत्तिबारे श्वेतपत्र जारी गरेको छ। ट्रस्टको सम्पत्तिबारे प्रश्न उठेपछि श्वेतपत्र सार्वजनिक भएको हो।

श्वेतपत्रका अनुसार नेपाल ट्रस्टको कुल जग्गा देशभर गरेर २१ हजार ५ सय ६२ रोपनी, ४ आना, २ पैसा, १ दाम छ ।

ट्रस्टको सबैभन्दा बढी जग्गा धादिङमा छ। धादिङमा कुल जग्गाको ७० प्रतिशत अर्थात् १५ हजार १ सय १ रोपनी जग्गा छ । काठमाडौंमा २१.६१ प्रतिशत अर्थात् ४ हजार ४ सय ४२ रोपनी जग्गा रहेको ट्रस्टले जनाएको छ।

ट्रस्टको अरु जग्गा भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत र कास्कीमा पनि छ। ट्रस्टको कतिपय जग्गा मोहीले भोगचलन गर्दै आएका छन् भने केही लिजमा दिइएको छ। केही जग्गा भने सरकारी कार्यालय र विद्यालयहरूले निःशुल्क भोगलचन गर्दै आएको ट्रस्टको कार्यालयले जानकारी दिएको छ।

कहाँ कति ?

काठमाडौं

- महाराजगञ्जमा रहेको निर्मल निवास अगाडिको १ रोपनी ७ आना,  बीचमा घरसमेत
- बालाजुमा स–साना कित्तामा छरिएर रहेको १२ रोपनी 
- टेकुमा १९ रोपनीमा काठमाडौं बिजनेस कम्प्लेक्स (लिजमा दिइएको)
- कालीमाटीको सोल्टी होटल नजिकै ४ रोपनी ४ आनामा थामसेर्कु ट्रेकिङ प्रालिले लिजमा लिई भवन निर्माण गरिरहेको
- कालीमाटीमै ३८ रोपनी जग्गामा सार्वजनिक खरिद अनुगमन कार्यालय, रेडक्रस, श्रम कार्यालय र गरिबी निवारण कोषको कार्यालय
- स्वयम्भू छाउनीमार्गमा प्रेरणा राज्यलक्ष्मी सिंहले उपभोग गरिरहेको २ रोपनी १३ आना 
- बालाजुमा काठमाडौं–त्रिशूली जाने बाटोसँग जोडिएको व्यापारिक प्रयोजनयोग्य १ सय २२ रोपनी
- ठमेलबाट सामाखुसी जाने ओरालो बाटोबाट पश्चिम गोरेटो बाटोमा पर्ने ९ आना (मोहीले घर तथा बसोबासका रूपमा प्रयोग गर्दै आएको)
- फर्पिङमा ६८ रोपनी त्रिभुवन आदर्श माविले निःशुल्क प्रयोग गरिरहेको
- सतुंगलमा १ रोपनी ६ आना, मातातीर्थमा ५९ रोपनी १ आना, महादेवस्थान–४ मा १ सय २ रोपनी (मोहीले खेती तथा बसोबासका लागि प्रयोग गरिरहेको)
- दरबारमार्गमा १ रोपनी १४ आना थामसेर्कु ट्रेकिङलाई लिजमा दिइएको
- लाजिम्पाटमा ६ रोपनी १३ आना स्ट्यान्डर्ड चार्टर्ड बैंकले लिजमा लिई आफ्नो कार्यालय सञ्चालन गरिरहेको
- कमलादीस्थित काठमाडौं प्लाजा (५ रोपनीमा बनेको)
- गोकर्ण रिसोर्ट (३ हजार ९ सय ७२ रोपनी पर्खाल तथा तारबारले घेरिएको गोकर्ण जंगलमा रहेको जग्गामध्ये २ हजार ७ सय ९२ रोपनीमा एलएम सुभिर ब्रदर्स नेपालले लिजमा लिई अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट र गल्फ कोर्स निर्माण गरी सञ्चालन गरिरहेको)
- साँखुमा २ रोपनी ३ आना
- कालीमाटीमा हिमालय वीरविक्रम शाह मोही रहेको ३ रोपनी ७ आना

ललितपुर

गोदामचौरमा ८ रोपनी १० आना (मोहीले भोगचलन गरिरहेको)

भक्तपुर

कटुञ्जेमा १ सय ८ रोपनी २ आना (तारबार लगाइएको)

धादिङ

छेदे देउरालीमा १५ हजार १ सय १ रोपनी (अधिकांश वनजंगलका रूपमा प्रयोगविहीन)

सिन्धुपाल्चोक

थाङपाल धापमा २७ रोपनी १३ आना (इन्द्रावतीको छेउमा खेतीयोग्य)

नुवाकोट

थानसिंह र गणेस्थानमा २ सय ४० रोपनी ५ आना (फलफूल बगैंचा र जंगल)

धनकुटा
चुलिवनमा १ सय ९४ रोपनी (करिब आधा क्षेत्रफलमा निजामती कर्मचारीका छोराछोरीका लागि आवासीय विद्यालय भाडामा लिएर सञ्चालन गरिएको)

मकवानपुर

हेटौंडामा २६ रोपनी १ आना (वनविज्ञान अध्ययन संस्थान र भुटनदेवी मार्गका बीचमा चारैतिर कम्पाउन्ड वालले घेरिएको घरसहित)

काभ्रे

पाँचखालमा ९ रोपनी १५ आना (चौरको रूपमा)

सुर्खेत

कोलाटी कोइलीस्थित नेपालगन्ज–सुर्खेत सडकस्थित जग्गा खुला र जंगलका रूपमा रहेको ४ सय ५७ रोपनी 

कास्की

पोखरामा १ सय ७४ रोपनी (रत्न मन्दिर, हिमागृहजस्ता ऐतिहासिक दरबार रहेको)

चितवन

भरतपुरमा ७ सय ६७ रोपनी (नारायणी नदीको किनारमा ऐतिहासिक दियालो बंगला दरबार रहेको)

प्रकाशित: Feb 25, 2020| 14:35 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।