बिहीबार, भदौ ४, २०८३

कांग्रेसले भन्यो - प्रधानमन्त्रीज्यू संसदमा आउनुस्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर जवाफ दिन आग्रह गरेको छ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर जवाफ दिन आग्रह गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले भने, ‘संसदमा आउनुस् आश्वस्त तुल्याउनुस्। भ्रष्टाचार हुँदैन, संविधान कार्यान्वयन हुन्छ भन्ने आश्वस्त तुल्याउनुस्। यी सबै जिम्मेवारीबाट प्रधानमन्त्री बाहिर जानु हुन्न।’

रिजालले भने, ‘प्रधानमन्त्रीज्यूले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्नुहुन्थ्यो। तर, यती होल्डिङलाई कति-कति दिने हो? बालुवाटार प्रकरणमा अख्तियार प्रयोग गरिएको छ। सरकारले आफ्नै गुटको भए जोगाउने अर्काको गुटको हो भने ठेगान लगाउने ?’

वाइडबडीको भ्रष्टाचार प्रकरणमा पनि रिजालले प्रश्न उठाए- ‘वाइडबडीका विषयमा एक महिनाभित्र छानविन गर्न समितिले निर्देशन दिएको थियो। तर, भएन। प्रधानमन्त्रीसँग सोध्न चाहन्छु- किन भएन?’

‘बाँस्कोटाको भ्रष्टाचार ब्रोडब्यान्ड, टेलिकमलगायतमा छ। त्यसैले भनिएको होला- सबै एकतिर, गोकुल अर्कोतिर,’ रिजालले भने, ‘जन्मदिनमा तपाईंको सत्ता उन्माद देखियो। तपाईंको गाउँको त्यो घरलाई लागेको होला- खड्गप्रसाद होइन नयाँ महाराजा आएछ।’

कांग्रेसले उठाएको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: Feb 25, 2020| 13:40 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।