बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको चिनियाँ विश्वविद्यालयको दाबी

कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको चिनियाँ विश्वविद्यालयको दाबी

टियानजिन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप विकसित गरेको दाबी गरेको छ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

टियानजिन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) काे खोप विकसित गरेको दाबी गरेको छ।

विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा 'ओरल भ्याक्सिन' अर्थात औषधिजस्तै खाने खोप विकास गरिएको हो । प्राध्यापक आफैंले खोप चार मात्रामा सेवन गरिसकेको र  त्यसबाट कुनै नकारात्मक असर नपरेको चिनियाँ पत्रिका ग्लोबल टाइम्समा उल्लेख छ।

प्राध्यापक जिन्हाईले यो खोपले संक्रमित विरामीको उपचारमा समेत काम लाग्ने दाबी गरेका छन्।

विश्वविद्यालय अब क्लिनिकल परीक्षण र यसको प्रवर्द्धनका लागि साझेदारको खोजीमा रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। 

यो खोपको सार्वजनिक प्रयोग हुनका लागि अझै केही महिना पर्खनुपर्ने हुन्छ। खोप विकास गर्ने विधि अनुसार यसको क्लिनिकल परीक्षण निकै छिटो गरिए पनि अप्रिल वा मे महिनामा सुरु हुने चीनको राष्ट्रिय चिकित्सा आयोगले जनाएको छ। 

‘यो खोपले कोरोना भाइरससँग लड्न प्रतिरोधात्मक क्षमता विकास गर्छ’, विश्वविद्यालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ। औषधि अत्यन्त सुरक्षित, प्रयोग गर्न सजिलो र उत्पादन पनि पर्याप्त मात्रामा गर्न सकिन्छ' प्राध्यापक जिन्हाईले बताएका छन्।

कोरोना भाइरसविरुद्धको खोपसँगै औषधिको विकास र अन्य अनुसन्धानमा पनि काम भइरहेको आयोगले जनाएको छ। 

डिसेम्बरमा चीनको हुबेईमा देखा परेको यो भाइरस संक्रमणबाट विभिन्न देशमा गरी अहिलेसम्म २७०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ।

चीनबाहेक अन्य मुलुकमा ३७ जनाको मृत्यु र २४०० जनामा संक्रमण भएको छ। 

यस्तै ८० हजारभन्दा बढी संक्रमित छन्। दक्षिण कोरियामा ८९० मा संक्रमण भइसकेको छ भने इरान तथा युरोपेली मुलुक इटालीमा संक्रमण दर बढ्न थालेको छ।

विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले यो रोगलाई महामारी घोषणा गर्न ढिला भइसकेको बताएका छन्। 

यसैबीच विश्व स्वास्थ्य संगठनको एक टोली इटाली पुगेको छ।

‘इटालियन अधिकारीहरूलाई सहयोग गर्न र अवस्थाबारे जानकारी लिन टोली इटाली पुगेको छ’, संगठनले भनेको छ ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर देखा पर्न थालेको छ। 

प्रकाशित: Feb 25, 2020| 13:14 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।