कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ को जिते बजारबाट कर्णाली नदीमा खसेको जीप निकालिएको छ। रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।
जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालकमात्र रहेको प्रहरीले जनाएको छ । जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
रासस