बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टोखामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

टोखामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

गम्भीर घाइते भएका चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भई हाल काठमाडौं मनमैजु बस्ने ३० वर्षीय हित बहादुर तामाङको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं– काठमाडौंको टोखा नगरपालिका–१० गणेशस्थान नजिक सडकमा ना १६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका चालक नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भई हाल काठमाडौं मनमैजु बस्ने ३० वर्षीय हित बहादुर तामाङको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नुवाकोट शिवपुरी गाउँपालिका–२ घर भई हाल मनमैजु बस्ने २८ वर्षीय सुनिल थापामगरको शिक्षण अस्पताल महाराजगन्ज लगिएकोमा थप उपचारको लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको छ।

प्रकाशित: Feb 25, 2020| 11:53 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।