अर्घाखाँची– जिल्लाको भूमिकास्थान नगरपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
भूमिकास्थान नगरपालिका–४, मिलन चोकमा लु५६प ९०१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार फलामखिलका चोपलाल घर्तीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते घर्तीको उपचारका क्रममा सदरमुकाम सन्धीखर्कमा ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।
घटनामा मोटरसाइकल चालक नवीन आले र स्थानीय लक्ष्मी सुनार घाइते भएका छन्। घाइते दुवैको उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, भूमिकास्थान नगरपालिका–१०, धनचौरमा भएको ट्याक्टर दुर्घटनामा चालक सन्धिखर्क नगरपालिका–११, डिभर्नाका २४ वर्षीय दिनेश विश्वकर्माको मृत्यु भएको छ। उनमो घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
भूमिकास्थान नगरपालिका–१०, धनचौरको देउरालीतर्फ जाँदै गरेको लु४त ४५३९ नम्बरको ट्याक्टर उकालोबाट ब्याक भई बाटोबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।