बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँस्कोटाकाे अडियोबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिने

बाँस्कोटाकाे अडियोबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिने

प्रधामन्त्री केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनसम्बन्धी अडियो प्रकरणबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। बैठक १ बजे बस्दै छ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं– प्रधामन्त्री केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनसम्बन्धी अडियो प्रकरणबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। बैठक १ बजे बस्दै छ।

ओलीले जबाफ दिने भएपछि प्रतिपक्षी नेपाली कांग्रेसलगायतले अवरुद्ध गरेको संसद् बैठक सञ्चालन हुन लागेको हो।

सभामुख अग्नि सापकोटाले अनौपचारिक छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमिसन प्रकरणमा जवाफ दिन आग्रह गर्ने आश्वासन दिएपछि संसद चल्न लागेको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन्।

बैठकमा प्रतिपक्षी कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका नेताहरुले बोल्नेछन्।  भुसालका अनुसार प्रतिपक्षी सांसदले आ–आफ्नो कुरा राखेपछि संसद् बैठक अगाडि बढ्नेछ।

भुसालका अनुसार प्रधानमन्त्रीलाई बाँस्कोटा प्रकरणमा जवाफ दिन लगाउने विषयमा आश्वासन आएकाले संसद अवरुद्ध गर्ने क्रम स्थगित भएको हो।

प्रकाशित: Feb 25, 2020| 11:24 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।