आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ट्रम्प दिल्लीमै रहेका बेला भएकाे प्रदर्शनमा प्रहरीसहित ५ को मृत्यु

ट्रम्प दिल्लीमै रहेका बेला भएकाे प्रदर्शनमा प्रहरीसहित ५ को मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेका बेला राजधानी दिल्लीमा भएको प्रदर्शनमा एक प्रहरीसहित चार जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेका बेला राजधानी दिल्लीमा भएको प्रदर्शनमा एक प्रहरीसहित पाँचजनाको मृत्यु भएको छ ।

National life

विवादास्पद नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा तीनजना प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको हो ।

नयाँ कानुनको समर्थक र विरोधीहरुबीच भएको झडपमा कैयौ घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ट्रम्प भारत भ्रमणमा रहेकै बेला भएको यो घटनालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । उत्तर पूर्वी दिल्लीको मुसलमान बाहुल्य रहेका स्थानमा गत वर्षबाट आन्दोलन सुरु भएको थियाे ।

नवनिर्वाचित दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नागरिकहरुबीचको हिंसाले मुलुकलाई जटिलतातर्फ धकेल्ने भन्दै तत्काल समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 25, 2020| 09:27 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।