बिहीबार, भदौ ४, २०८३

‘एकअर्कालाई नसहने बानीले कांग्रेस पछि परेको हो’

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्टमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसले आफूले गरेका कामको प्रचार नगर्दा निर्वाचनमा पछि परेको बताएका छन्।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्टमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसले आफूले गरेका कामको प्रचार नगर्दा निर्वाचनमा पछि परेको बताएका छन्। आज बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३४औँ वार्षिकोत्सवमा नेता डा महतले कांग्रेसमा एकअर्काको अस्तित्वलाई स्वीकार नगर्ने बानीले गर्दा पार्टीले गति लिन नसकेको स्वीकारे।

उनले भने, ‘‘अहिलेको सरकारले काम नगरे पनि प्रचार गर्न सिपालु भएकाले नागरिक मख्ख परेका छन् । कांग्रेसको सरकारले धेरै राम्रा काम गरे पनि त्यसको प्रचार गर्न सकेको छैन ।’’ डा महतले शिक्षामा पहुँच र क्षमता विकासको लागि परम्परागत शैक्षिक गतिविधिलाई भन्दा बढी सूचना प्रविधिलाई आत्मसात गर्न सुझाव पनि दिए ।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले क्याम्पसमा आएको विकासका काम, अनुदान सदुपयोग गर्न सुझाव दिँदै आएको कार्यक्रम रोक्ने, विवाद गर्नेभन्दा पनि क्याम्पसको हितको लागि काम गर्न सबैमा आग्रह गरे । रासस

प्रकाशित: Feb 24, 2020| 21:51 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।