बिहीबार, भदौ ४, २०८३

घुस लिएको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग रु. ४० हजार ५०० घुस माग गरेको अभियोगमा सवइञ्जिनीयर नवलेशकुमार रौनियारलाई पक्राउ गरेको छ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग रु. ४० हजार ५०० घुस माग गरेको अभियोगमा सवइञ्जिनीयर नवलेशकुमार रौनियारलाई पक्राउ गरेको छ।

कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका सवइञ्जिनीयर रौनियारलाई पक्राउ गरेको हो।

आयोजना कार्यान्वयन इकाइ कास्कीबाट प्राप्त भएको पत्रका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रौनियारलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै हुलाक बचत बैंकको रकम हिनामिना गरेको अभियोगमा जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख रणबहादुर कठायत र सोही कार्यालयका खरिदार रहेका शिवाराज उपाध्यायविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्वविपरीत उनीहरुले रु. दुई करोड ९४ लाख ८९ हजार ९७१ बराबरको दुरुपयोग गरेको पाइएको आयोगले जनाएको छ।

आयोगले उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए। रासस

प्रकाशित: Feb 24, 2020| 20:19 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।