बिहीबार, भदौ ४, २०८३

मन्त्री नेम्वाङद्वारा पदभार ग्रहण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सोमबार शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन्।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सोमबार शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन्।

दिउँसो साढे ४ बजे मा मन्त्रालय पुगेका मन्त्री नेम्वाङलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए।

मन्त्री नेम्वाङले मन्त्रालयका कर्मचारीलाई जिम्मेवार, जवाफदेही र समन्वयात्मक बनेर काम गर्न निर्देशन दिए। उनले सबै आआफ्नो ठाउँमा जिम्मेवार बनेर समूहगत रुपमा अघि बढ्नुपर्नेमा जोड दिए।

उनले सबैले ‘हामीले नगरे कसले गर्छ’ भन्ने भावना विकास गर्न सके मात्रै नयाँ युगको शुरुआत हुने औँल्याए। उनले नयाँ परिस्थितिबाट सरकार निर्माण भएपछि काम गर्ने वातावरण निर्माण भएको बताए। उनले भने, ‘विगतमा वर्षवर्षमा सरकार ढल्ने अवस्था भएकामा स्थिर सरकार बनेसँगै त्यो अवस्था हटेको छ।’

मन्त्री नेम्वाङले सोमबार नै वाग्मती एकीकृत सभ्यतासँग जोडिएको विषयमा विधेयक निर्माण गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमतिका लागि तयार फाइलमा हस्ताक्षर गरेका छन्। रासस

प्रकाशित: Feb 24, 2020| 19:33 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।