मंगलबार, असार २३, २०८३

इंग्ल्यान्डमाथि इन्डियाको सानादार जित

इंग्ल्यान्ड र इन्डियाबीच चलिरहेको पाँच खेलको टेस्ट सिरिजअन्तर्गतको चौथो खेलमा इन्डियाले दोस्रो जित निकालेको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– इंग्ल्यान्ड र इन्डियाबीच चलिरहेको पाँच खेलको टेस्ट सिरिजअन्तर्गतको चौथो खेलमा इन्डियाले दोस्रो जित निकालेको छ।

इंग्ल्यान्डको ओभरल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इन्डियाले पहिलो पारीमा १९१ रन र दोस्रो पारीमा ४६६ रन बनाउँदै १५७ रनको सानदार जित निकालेको हो।

यता इंग्ल्यान्डले आफ्नो पहिलो पारीमा २९० रन बनायो भने दोस्रो पारीमा २१० रनमा अलआउट भयो।

टेस्टको पहिलो पारीमा इन्डियाका रोहित शर्माले २७ बलमा ११ रन बनाए भने दोस्रो पारीमा १२७ रनको शतकीय पारी खेले।

रोहितले कमजोर प्रदर्शन गरेको पहिलो पारीमा इन्डियाले १९१ रन बनाएको थियो। यता दोस्रो पारीमा ओपनर शर्मा १२७ रन बनाउँदै आउट भए भने केएल राहुलले ४६ रन बनाए। त्यस्तै, चेतेस्वर पुजाराले ६१ रनको अर्धसतकीय पारी खेले।

रिषभ पन्तले ५० र श्रर्दुल ठाकुरले ६० रन जोडे। इंग्ल्यान्डका क्रिस भोक्सले ३, ओलिउ रोबिन्सन र मोइन अलीले समान २–२ विकेट लिए। एक विकेट लिनेमा जेम्स एन्डरसन, क्रेइग ओभटोन र जोय रुट रहे।

यता पहिलो पारीमा इन्डियाका श्रर्दुलले सर्वाधिक ५७ रन र कोहलीले ५० रन जोडेका थिए। सो इनिङमा इंग्ल्यान्डका क्रिस भोक्सले चार र ओली रोबिन्सनले तीन विकेट गिराए।

आफ्नो पहिलो पारीमा इंग्ल्यान्डका ओलीए पोपेले ८१ र क्रिस भोक्सले ५० रन जोडे। बलिङका क्रममा इन्डियाका उमेश यादवले तीन विकेट लिए भने जसप्रित बुमराह र रविन्द्र जाडेजाले समान २–२ विकेट गिराए।

त्यस्तै, दोस्रो पारीमा इंग्ल्यान्डले २१० रन बनायो जक्रममा असिब हमिदले ६३ रन बनाए भने रोरी बर्नसले ५० रन जोडे। इन्डियाका उमेश यादवले ३ विकेट लिए भने जसप्रित बुमराह, रविन्द्र जाडेजा र श्रर्दुल ठाकुरले समान २–२ विकेट लिए।

सिरिजको पहिलो खेल प्रतिकुल मौसमका कारण ड्र भएको थियो भने दोस्रो खेलमा इन्डियाले जित निकालेको थियो। त्यस्तै, तेस्रो खेलमा इंग्ल्यान्ड र चौथो खेलमा इन्डियाले जित निकालेको हो। अब सिरिजको अन्तिम खेल १० सेप्टेम्बरबाट सुरु हुनेछ।

प्रकाशित: Sep 07, 2021| 08:50 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।