बिहीबार, भदौ ४, २०८३

तीन दल छलफल : सभामुखले समय नदिए संसद अवरुद्ध गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रतिपक्षीहरु राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच संसद सञ्चालनका विषयमा छलफल भएको छ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रतिपक्षीहरु राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच संसद सञ्चालनका विषयमा छलफल भएको छ।

तीनवटै दलका प्रमुख सचेतकहरुबीच सोमबार भएको छलफलमा सभामुख अग्निप्रसाद सापकोटासँग मंगलबारका लागि समय माग गरिएको छ।

सभामुखले मंगलबार समय नदिए मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध हुनेछ।

छलफलमा सहभागी समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगडियाले भने, ‘आजको छलफलमा प्रतिनिधिसभा बैठकको विषयमा उठेको छ। कांग्रेसले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाका विषयमा उठाएको तीनवटा विषयमा छलफल भएको छ।’

‘कांग्रेसले उठाएका दुईवटा माग पुरा भएको तर एउटा माग बाँकी रहेको छ।’ उनले भने, ‘बाँस्कोटाले राजीनामा दिइसकेका छन्। अख्तियारले छानविन सुरु गरेको छ। अब प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिन मात्र बाँकी छ। सो विषयमा मंगलबार सभामुखसँग छलफल हुनेछ।’

सभामुखले समय नदिएमा संसद पुनः कांग्रेसले अवरुद्ध गर्ने अरगडियाले जनाए।

‘प्रधानमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण बनाउन सभामुखसँग आग्रह गरिनेछ। त्यो नभए कांग्रेसले संसद अवरुद्ध गर्नेछ।’ अरगडियाले भने, ‘तर, हामीले पनि हाम्रो कुरा राख्नेछौँ।’

प्रधानमन्त्री ओलीकै जवाफका लागि संसदलाई बन्दी बनाईराख्न नहुने तर्फ पनि आफूहरुले कांग्रेसको ध्यानाकर्षण गराएको उनले बताए।

प्रकाशित: Feb 24, 2020| 17:49 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।