आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अटिजमबाट पीडित थिइन् विश्व हल्लाएकी ग्रेटा, कसरी बनिन् सफल?

अटिजमबाट पीडित थिइन् विश्व हल्लाएकी ग्रेटा, कसरी बनिन् सफल?

स्वीडेनकी जलवायु परिवर्तन अभियान्ता ग्रेटा थनबर्ग अहिले विश्वव्यापी रुपमा चर्चित छ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

एजेन्सी- स्वीडेनकी जलवायु परिवर्तन अभियान्ता ग्रेटा थनबर्ग अहिले विश्वव्यापी रुपमा चर्चित छिन्। जलवायु परिवर्तनसम्बन्धी एउटा मञ्चमा उनले दिएको अभिव्यक्तिले उनलाई विश्वभर चिनाएको छ।

National life

ग्रेटाको कथामा आधारित भएर उनको परिवारले एउटा किताब लेखेको छ। पर्यावरण कार्यकर्ता बन्नुअघि उनको जीवन कति संघर्षशील थियो भन्ने कुरा किताबमा खुलाइएको छ।

उनकी आमा मालेना एर्नमनका अनुसार ग्रेटा ‘अटिजम’ र ईटिङ डिसअर्डर’ बाट पीडित थिइन्। त्यसैकारण पनि ग्रेटाले पर्यावरणका विषयमा आवाज उठाउन प्रेरित भइन्।

आमा छन्छिन्, ‘११ वर्षको उमेरमा बिरामी भएर छोरीले दुई महिनासम्म खाना पनि खाइनन्, जसका कारण तौल साढे ९ किलो घटेको थियो।’

ग्रेटाका विषयमा ‘आवर हाउस इज अन फायर : सेन्स अफ अ फ्यामिली एण्ड अ प्लानेट इन क्राइसिस’ किताब प्रकाशित भएको छ।

Laxmi sunrise bank
kumari

आमा मालेनाका अनुसार मनोचिकित्सकले ग्रेटालाई अटिजम भएको बताएका थिए।

मां मालेना एर्नमन के साथ ग्रेटा थनबर्ग।

यसका साथै ‘ओब्सेसिभ कम्पलसिभ डिसअर्डर’ बाट ग्रेटा पीडित बनिन्। जसका कारण उनी विस्तारै विस्तारै कमजोर हुँदै गइन्।

बिरामी भएसँगै ग्रेटाले हाँस्न, खेल्न र पियानो बजाउन छाडिन्। एक समय ग्रेटाले भातबाहेक अरु केही पनि खाइनन्, जसका कारण उनको शरीरको तापक्रम निकै कम हुँदै गइरहेको थियो। न्यून रक्तचाप लगायतका कारणले उनले कतिपय कुरा खानसमेत नसक्ने भइन्।

ग्रेटाको शरीर मात्रै नभएर मनोबलसमेत कमजोर भएको थियो। उनी आकाशतिर हेर्ने र टोलाउने मात्र गर्थिन्।

एउटा फिल्मले बनायो अभियान्ता

आमा मालेनाका अनुसार ग्रेटाले विद्यालयमा फोहोरमा आधारित एउटा फिल्म हेरेकी थिइन्। जसमा जलवायु परिवर्तनबाट हुने असरका बारेमा बताइएको थियो।

यो कुराले ग्रेटालाई निकै चिन्तित बनायो। यसपछि उनी विस्तारै आफ्नो विद्यालयमा जलवायु परिवर्तनका विषयमा बोल्न थालिन्। साथै उनले हड्ताल सुरु गरिन्।

वर्ष व्यक्ति

ग्रेटाकी आमा एक चर्चित स्वीडीस ओपेरा सिंगर हुन् भने पिता स्वान्टे थनबर्ग अभिनेता हुन्।

दुबैजना ग्रेटाका विषयमा निकै चिन्तित थिए र असामान्य जीवनबाट सामान्यमा फर्काउने प्रयास जारी राखेका थिए। विस्तारै ग्रेटा सामान्य बन्दै गइन्।

अहिले उनी १७ वर्षकी भइन्। सन् २०१८–१९ को संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा सहभागी भइसकेकी छन्।
संसारभर जलवायु परिवर्तनका लागि जागरुकता बढाउने अभियानको प्रमुख चेहरा बनेकी छन् उनी।

गत वर्ष टाइम म्यागजीनले उनलाई वर्ष व्यक्ति घोषणा गरेको छ।

प्रकाशित: Feb 24, 2020| 17:18 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।