मंगलबार, असार २३, २०८३

ओमनमा नेपाल र पपुवा न्युगिनी पहिलोपटक भिड्दै

नेपाली क्रिकेट टिमले १९ महिनापछि पहिलोपटक आज एकदिवसीय क्रिकेट खेल्दैछ। गएको जनवरीमा कार्यकाल सम्हालेका राष्ट्रिय क्रिकेट टिमका मूख्य प्रशिक्षक डेव वाटमोरको प्रशिक्षणमा नेपालले पहिलो एकदिवसीय सिरिज खेल्न लागेको हो।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं- नेपाली क्रिकेट टिमले १९ महिनापछि पहिलोपटक आज एकदिवसीय क्रिकेट खेल्दैछ। गएको जनवरीमा कार्यकाल सम्हालेका राष्ट्रिय क्रिकेट टिमका मूख्य प्रशिक्षक डेव वाटमोरको प्रशिक्षणमा नेपालले पहिलो एकदिवसीय सिरिज खेल्न लागेको हो।

नेपाली समयअनुसार खेल आज बिहान सवा ११ बजे ओमनको अल अमरेत मैदानमामा हुनेछ। प्रतिस्पर्धामा नेपाल र पपुवा न्युगीनी (पीएनजी) आम्नेसाम्ने हुनेछन्।

यता, नेपालले पछिल्लो पटक २०२० को फेब्रुअरीमा नेपालमै अमेरिका र ओमनसँग आईसीसी विश्वकप लिग २ को पहिलो त्रिकोणत्मक सिरिज खेलेको थियो। त्यहि लिग २ अन्तर्गतको दोस्रो सिरिज खेल्न नेपाल अहिले ओमन पुगेको हो।

दुई हप्ताअघि (भदौ ८ गते मंगलबार) ओमन पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले २४ घण्टाको क्वारेन्टिनपछि अभ्यास सुरु गरेको थियो।

अब नेपाली क्रिकेट टिमले ओमन र अमेरिकासँग समान २–२ खेलको लिग २ को त्रिकोणत्मक सिरिज खेल्नेछ। यी खेल विश्वकप लिग–२ अन्तर्गतका हुन्। विश्वकप लिग २ का ती चार खेलअघि अभ्यास स्वरुप नेपालले पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

मैत्रीपूर्ण भएकाले यो खेलले नेपालको वरियताबाहेक अन्य कुरामा असर गर्नेछैन। त्यसैले नेपाली खेलाडी दबाबरहित भएर खेल्न सक्नेछन्। 

नेपालको पहिलो खेल आज हुनेछ भने अर्को खेल सेप्टेम्बर १० मा हुनेछ। नेपाल टिमको कप्तानी ज्ञानेन्द्र मल्लाले गर्नेछन् भने पीएनजीको टिमको कप्तानमा अस्सद वाला रहेका छन्।

यी दुवै खेलको प्रत्यक्ष प्रसारणका लागि डिस होमसँग सम्झौता भएको क्यानले जनाएको छ।

ओमन पुगेका नेपाली टिमका खेलाडी

ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवकर र बिक्रम शोब

पीएनजीको टिम

किप्लिन डोरिगा(विकेटकिपर), अस्सद वाला, चाल्र्स अमिनी, सीसी बाउ, सिमन अताई, जेसन किला, चाड सोपेर, लेगा सियाका, काबुआ मोरिया, नोर्मन भानुअ, हिरी हिरी, नोसैना पोकना, गउडी टोका, टोनी उरा, डमिन रावु

प्रकाशित: Sep 07, 2021| 08:27 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।