बुधबार, चैत ११, २०८२

बिरामीलाई 'अचुक उपाय' सिकाउनेबाट बचौं

हामीकहाँ सजिलै र निःशुल्क उपलब्ध हुने चिज हो– सल्लाह। त्यसमा पनि स्वास्थ्य सल्लाहका लागि त आफन्त र अनुभवीहरु बिरामी खोज्दै आफ्नै पैसा खर्च गरेर आइपुग्छन्।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

ज्ञान चतुर्वेदी

National life

हामीकहाँ सजिलै र निःशुल्क उपलब्ध हुने चिज हो– सल्लाह। त्यसमा पनि स्वास्थ्य सल्लाहका लागि त आफन्त र अनुभवीहरु बिरामी खोज्दै आफ्नै पैसा खर्च गरेर आइपुग्छन्।

उपचारका लागि चिकित्सकले मात्र सल्लाह दिँदैनन्। हामीमध्ये धेरैलाई चिकित्सकको सल्लाहले मात्रै पुग्दैन। चिकित्सकबाहेक अरूसँग पनि सल्लाह लिने हाम्रो चाहना हुन्छ।

तर बिरामीको अवस्थाबारे थाहा पाउनेबित्तिकै सल्लाह दिन हरदम इच्छुक उत्साही स्वय‌ंसेवी/अनुभवीसँगको भेटले बिरामीको अवस्था र उपचार प्रक्रिया गलत दिशातर्फ मोडिन सक्छ।

उपचारको ‘अचुक उपाय’ बताउने यस्ता ‘अनुभवी’ सँग बच्नु जरुरी हुन्छ। हुन त उत्साही स्वयम्सेवकहरू आफूलाई रोगबारे संसारभरको प्रामाणिक अनुभव भएको दाबी गर्छन्।

Laxmi sunrise bank
kumari

होम्योप्याथीदेखि इलेक्ट्रोम्याग्नेटो थेरापी जस्ता कैयन् चामत्कारिक विधिको सूचना पनि दिन तयार हुन्छन्।
हामीले यस्ता चामत्कारिक उपचारका विज्ञापन दैनिक पत्रिकामा देखिरहेकै हुन्छौं। अर्कोतिर छिमेकी र टाढाका नातेदारसम्म तपाईंलाई सल्लाह दिन आइपुग्छन्। 

चिकित्सा विज्ञान यस्तो क्षेत्र हो यसमा कुनै पनि समस्याको अन्तिम उत्तर अहिलेसम्म खोज्न सकिएको छैन। त्यसैले निरन्तर खोज, प्रयोग र अनुसन्धानको काम भइरहेको हुन्छ।

कुनै रोगको उपचारबारे आज एउटा विधि बताइरहेका चिकित्सकले नयाँ अनुसन्धानपछि अर्कै विधि बताइदिन सक्छन्।

यसैकारण पनि तपाईंंलाई चिकित्सकभन्दा सल्लाह दिने स्वयम्सेवी बढी भरोसायोग्य लाग्न सक्छन्। जसले तपाईंको रोगको ‘एकमात्र अचुक उपाय’ बताइदिन्छन्। यो उपाय त्यस्तो हुन्छ जुन १०० वर्षसम्म जमिनमुनि गाडेर राख्ने हो भने जस्ताको तस्तै।

चिकित्सा विज्ञान समुद्रजस्तै अथाह छ। यहाँ पूरै समर्पणका साथ उपचार गरिरहेका राम्राभन्दा राम्रा चिकित्सकलाई पनि अझै धेरै जान्न बाँकी छ भन्ने थाहा हुन्छ।

यस्तो अवस्थामा तपाईंंलाई ‘सर्तिया इलाज’ (अचुक उपाय) बताउने व्यक्ति बढी विश्वसनीय लाग्न सक्छन्।

मैले धेरै रोगीहरुलाई देखेको छ, जो रोग जटिल अवस्थामा पुगिसकेपछि आएका हुन्छन्। उनीहरु भन्छन्, “सर, आफन्तको सल्लाहअनुसार सबै औषधि बन्द गरेर यो... खाँदै थिएँ। रोग झन् बल्झियो... अब के गरौं?’

कसको सल्लाह लिने भन्दा पनि कसको सल्लाह नलिने भन्नेमा बढी ध्यान दिनु जरुरी हुन्छ।

पुराना बिरामीसँग बच्नुहोस्

कुनै रोगको निकै पुरानो बिरामीले बिस्तारै आफूलाई उक्त रोगको विशेषज्ञ नै ठानेको हुन सक्छ।

कतिपयले त आफूलाई चिकित्सकभन्दा पनि बढी जान्ने ठान्छन्। किनभने चिकित्सकले किताब पढेर जानेको हुन्छ तर, ऊ ‘भोगाइको यथार्थ’ वर्णन गरिरहेको हुन्छ।

उसले भन्न सक्छ, नीम चपाउँदा वा करेला उदरस्थ गर्दा मधुमेहको रोग जरैदेखि समाप्त हुन्छ। (जबकि, उसको मधुमेह पनि नियन्त्रणमा हुँदैन।) वा कुनै ...बाबाले दिएको बुटीले मिर्गीको अचुक उपचार हुन्छ।

घरकै डाक्टरबाट पनि बच्नुहोेस्

घरका डाक्टरको श्रेणीमा दुई प्रकारका चिकित्सक हुन्छन्। ठूलो संख्या डाक्टरी पढिरहेकाको हुन सक्छ।

‘मेरो छोरो डाक्टरीको तेस्रो वर्षमा छ, उसले ... गरे ठिक हुन्छ भन्दै थियो’ यस्तो भनेर बिरामीलाई कसैले पनि उटपट्याङ कुरा गर्वपूर्वक प्रस्तुत गर्न सक्छ।

ऊ जतिसुकै तेज विद्यार्थी होओस्, तर ऊ डाक्टर बन्न अझै समय लाग्छ। सम्बन्धित रोगको विशेषज्ञ बन्न त झन् धेरै समय लाग्छ। त्यसैले यस्ता सल्लाहमा आँखा चिम्लेर विश्वास नगर्नुहोस्

अर्का डाक्टर टाढाका नातेदार हुन्छन्, टाढै बसेका हुन्छन्। उनी तपाईंलाई लागेको रोगका विशेषज्ञ हुँदैनन् तर, ज्वाइँ, ठूलाबा, सम्धी वा साला हुनुका कारण उनले सबै रोगमा विशेषज्ञको पद धारण गरेका हुन्छन्।

रोगका बारेमा राम्रोसँग थाहा नपाएर, उडन्ते खबरका भरमा उनले आफ्नो ‘सर्वज्ञाता’ को छवि रक्षार्थ उतैबाट केही उपाय सिकाइदिन्छन्। उनले यति आत्मविश्वासका साथ उपचारको सल्लाह दिएका हुन्छन् कि तपाईं नाइँ भन्नै सक्नुहुन्न। यस्तो

अस्पतालका कर्मचारीसँग पनि बचौं

अस्पतालमा सबै चिकित्सक मात्रै हुँदैनन्। ‘सर ईसीजीमा तपाईंले सबै ठिक छ भन्नुहुन्छ तर, ईसीजी गर्ने टेक्निसियनले त केही खराबी देखिएको छ भन्दै थिए।’

यस्तो भन्ने बिरामी मैले धेरै भेटेको छु। त्यतीमात्र कहाँ हो र? डाक्टरलाई देखाउनुभन्दा पहिले अनुभवीलाई रिपोर्ट देखाएर आउने बिरामी पनि प्रशस्तै भेटिन्छन्।

आफ्नो रोगबारे अस्पतालकी नर्स, फार्मासिस्ट, ड्रेसरदेखि वार्डब्वायसम्मलाई सोध्ने बिरामी पनि हुन्छन्। कतिले अनजानमै कतिले जानेरै। तर तपाईंको रोग के हो? कहिले ठिक हुन्छ? अगाडि के गर्ने? यस्ता प्रश्न चिकित्सकलाई नै सोध्नुहोस्।

यी सबैको उत्तर दिने र उपचार गर्ने जिम्मेवारी त्यही चिकित्सकको हो अरूलाई सोधेर भ्रममा नपर्नुहोस्।

मेडिकल सपिङ नगर्नुहोस् 

कोही बिरामी त चिकित्सककै परीक्षा लिने अभियानमा हुन्छन्। आफ्नो रोगको उपचारका लागि पचासौं डाक्टरकहाँ पुगिसेका हुन्छन्।

सहरका सबै डाक्टरलाई देखाइसकेपछि अर्को सहरका डाक्टरलाई पनि छोड्दैनन्। आवश्यकनहुँदा पनि सकेसम्म विदेश पनि पुगेका हुन्छन्। र फर्केर सहरको पुरानो डाक्टरकहाँ आइपुग्छन्।

‘आफन्तको बिहेमा ... गएको थिएँ, त्यहाँ फलानोेलाई देखाएँ’ भन्नेहरुले मेरा अगाडि ती नयाँ डाक्टरका पर्चाको चुनौती पेस गर्ने बिरामी पनि हुन्छन्।

उनीहरु घुम्न बनारस गएका बेला त्यहाँ गंंगा हेर्न भलै नपुगून् तर त्यहाँको कुनै चर्चित डाक्टरको नाम लिन बिर्संदैनन्। ‘प्रत्येक औषधि पसलमा घुमेर मेडिकल सपिङ गर्ने यो सोखले तपाईंलाई कतै पुर्‍याउँदैन।

मेरो यो लेखको निष्कर्ष भनेको एउटा डाक्टर छनोेट गरिसकेपछि उसलाई भरोसा गर्नुहोेस् यताउता अपिरिचतका गलत सल्लाहले तपाईंको रोगलाई बढाउने बाहेक अरू काम गर्दैन।

स्क्रोलबाट अनूदित

प्रकाशित: Feb 24, 2020| 13:22 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्