बिहीबार, भदौ ४, २०८३

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ८० हजार नाघ्यो

पहेँलो धातु सुन इतिहासकै सबैभन्दा महँगो भएको छ । सोमबार तोलाको ८० हजार ३ सय पुगेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं- पहेँलो धातु सुन इतिहासकै सबैभन्दा महँगो भएको छ । सोमबार तोलाको ८० हजार ३ सय पुगेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो ।

सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावल सुनको मूल्य तोलाको ८० हजार ३ सय र तेजावी सुनको मूल्य ८० हजार कायम गरेको छ ।

आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला १५ सयले बढेको हो । आइतबार सुनको मूल्य ७८ हजार ५ सय थियो ।

केहि दिन यता लगातार सुनको मूल्य उकालो लागेको छ । सुनको मूल्य ह्वात्तै बढेसँगै कारोबारमा भने सुस्तता आएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकिएको छ ।

 

प्रकाशित: Feb 24, 2020| 11:58 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।