अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका लागि आज भारत आउँदैछन्। राष्ट्रपति भएपछि पहिलोपटक उनी भारत आउन लागेका हुन्।
भ्रमणको पहिलो दिन उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको अहमदाबाद जानेछन्। त्यसपछि उनी आगरा गएर ताजमहल हेर्ने र सूर्यास्त अवलोकन गर्नेछन्। आज अबेर राति ट्रम्प दिल्ली पुग्नेछन्।
अहमदाबादमा ट्रम्पलाई हजारौं भारतीयले स्वागत गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ। अहमदाबादमा उनले विश्वकै ठूलो क्रिकेट रंगशाला उद्घाटन गर्नेछन्, जसको दर्शक क्षमता १ लाख १० हजार रहेको छ।
बीबीसी